valentine gift 1काठमाडौ । प्रत्येक बर्षको फरवरी महिनाको १४ तारिखका दिन प्रणय दिवस यानी भ्यालेनटाइन्स–डे मनाइने गरेको छ। अझ फरवरी महिना अवधिभर नै भ्यालेनटाइन्स–डे मनाइने प्रचलन केही बर्षयता नेपालमा पनि शुरुवात भएको छ। यसले गर्दा पनि फरवरी महिना प्रेमी–प्रेमिकाको प्रेममय महिना पनि भन्ने गरिएको छ।

valentine gift 4

यो प्रेममय महिनामा प्रेमको शुरुवात गरेमा प्रेममा टिकाउपन हुने भनाइ पनि रहेको छ। यस प्रेममय महिनालाई गुलाफ दिवसको रुपमा समेत मनाउने गरिएको । यो गुलावी महिना फरवरी महिनामा प्रेमीले प्रेमिकालाई या प्रेमिकाले प्रेमीलाई उपहार के दिने भन्ने विषयमा कतिपय प्रेमी–प्रेमिका अलमलिएको देखिन्छ । यस अवसरमा निम्न कुरा तपाई आफ्नो नजिकको आफ्नो मान्छेलाई दिन सक्नु हुन्छ–

Rose with Sweta 1

फूल सवैभन्दा सरल उपहार
यो सबैभन्दा सरल र सुरक्षित उपहार हो । केटीहरुलाई फूल जहिले पनि मनपर्छ । यसमा तपाईं कहिले फेल खान सक्नुहुन्न । मात्र फूल ताजा होस् भन्नेमा त्या दिनुहोस्। गुलाफ मात्र होइन लिली र अर्किडको फूल पनि भ्यालेन्टाइन्स डेमा उपहार बन्न सक्छ । यसलाई अलि रोचक बनाउन फूलभित्र रोमान्टिक सन्देश लुकाएर दिनुहोस् ।


chocalateचक्लेट खुशीको उमंग
हुनतः आजभोली केटीहरु तौल बढ्ने भन्दै चकलेटबाट वर्षभरी टाढै बस्न खोजिरहेका हुन्छन् । तर, भ्यालेन्टाइन्स डेजस्तो अवसरमा चक्लेट दिँदा वर्षभर थामेको मनलाई खुसी बनाउन सक्नुहुन्छ। रमाइलो कुरा भनेको त्यसको केही भाग तपाईंले पाउनुहुनेछ।

सुगन्धित क्यान्डल
धेरैलाई यो सुझाव मन नपर्नसक्छ । तर, सुगन्धित क्यान्डलहरुको केटीहरुमा छुट्टै असर हुन्छ, त्यसको सुगन्धले उनीहरुको मुड नै बदलिदिन्छ । अझ डेटमा जाँदा सगुन्धित क्याडल बाल्नुभयो भने त्यसले त्यहाँको वातावरण नै रोमान्टिक बनाइदिन्छ।

spa

स्पाको भौचर
केटीहरुलाई राम्री देखिन मनपर्छ । त्यही भएर स्पा वा पार्लरकौ भौचर दिनुभयो भने उनी पक्कै खुसी हुन्छन् । उनीहरुलाई पनि कहिलेकाहीँ स्पा गएर आनन्दित हुन मनपर्छ । अझ दुवैको लागि स्पाको भौचर किन्न सक्नुभयो भने त झन् मज्जा ।

छोटो यात्रा
काममा व्यस्त हुने जोडीका लागि भ्यालेन्टाइन्स डे आफ्नो प्रेमिकासँग केही समय बिताउने उपयुक्त समय हुनसक्छ । कामको व्यस्तताले लामो समयसम्म प्रेमिकासँग समय बिताउन नपाएकाहरुले शहरबाट नजिकै यात्रा गर्न सक्छन् ।

valentine gift 6

भित्री वस्त्र
फ्यान्सी लिन्जरे (भित्री वस्त्र) किनेर आफ्नो प्रमिकालाई सेक्सी अनुभव पनि गराउन सक्नुहुन्छ । तर, यो अलि महंगो हुनसक्छ ।

कस्मेटिक
केटीहरुलाई आफूसँग जति भए पनि नपुग्ने भनेको कस्मेटिक नै हो । कुनै राम्रो ब्राण्डको कस्मेटिक पनि भ्यालेन्टाइन्स डेमा राम्रो उपहार हुन सक्छ ।

खेलौना
टेड्डी बियर, बार्बी आदि खेलौनासँग केटीहरु जति उमेर भए पनि खेल्न रुचाउँछन् । खेलौना दिनुहोस् । तपार्ईंलाई उसले जीवनभर माया गर्नेछ ।

पफ्र्युम
यो चाहीँ अलि अप्ठ्यारो छ कि भने आफ्नो पे्रमिकालाई कुन सुगन्ध मनपर्छ भन्ने यकिन गर्न गाह्रो हुन्छ । त्यही भएर उनले पहिले प्रयोग गर्ने पफ्र्युम पत्ता लगाउनुहोस्।

valentine gift 5

जुत्ता
केटीहरु कहिले पनि जुत्ताबाट वाक्क बन्न सक्दैनन् । उनको रुचीको बारेमा थाहा पाउनुहोस् र जुत्ता उपहार दिनुहोस् ।

लुगा
सबै केटीहरुलाई स्टाइलिस देखिन मनपर्छ। त्यही भएर लुगा पनि भ्यालेन्टाइन्स डेमा फेल नखाने अर्को उपहार हो । अथवा तपाईं छान्न अप्ठ्यारो भयो भने उनलाई मनपर्ने पसलबाट सपिङ भौचर दिनुभयो भने हुन्छ।

valentine gift 3

ब्याग
लुगा र जुत्ताजस्तै महिलाहरुको अर्को प्रिय वस्तु भनेको ब्याग पनि हो । उनीसँग नभएको रंगको व्याग किन्नुभयो भने त्यो पनि भ्यालेन्टाइन्स डेको राम्रो उपहार हुनसक्छ ।

ज्वेलरी
पैसा हुनेहरुले महंगो ज्वेलरी दिए पनि हुन्छ । नत्र बजारमा ठिक्क मूल्य पर्ने ज्वेलरी दिए भने प्रेमिका खुशी हुनेछिन् ।

valentine gift 7

 

ग्याजेट
कोही प्रेमिकाहरु ग्याजेटको सौखिन हुन्छन् । उनीहरुलाई फूल वा चक्लेटभन्दा आइपड वा स्मार्टफोन गिफ्ट दिनसक्नुहुन्छ ।

प्रकाशन मिति–२०७२ साल फागुन १ गते शनिवार ।