Sindhuli Bardibas 2

काठमाडौ। बीपी राजमार्ग अन्तर्गतको बनेपा–सिन्धुली–बर्दिबास सडक खण्डको खाल्टे भलायोटार भीरमा गएराति पहिरो जाँदा सडक अवरुद्ध बनेको छ।

Sindhuli Bardibas 1

खुर्कोट–नेपालथोक सडक खण्डमा पर्ने सितलपाटी गाविसको खाल्टे भलायोटार भीरमा आइतबार राति सडक भास्सिएर सुख्खा पहिरो गएपछि वीपी राजमार्गको नेपालथोक(खुर्कोट सडक खण्ड अवरुद्ध भएको हो।

भूकम्पले थर्काएर भास्सिएको सडकमा राती ११ बजे भलायोटार भीरको करीब ३० मिटर पक्की सडक सुनकोशी नदीमा खसेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

Sindhuli Bardibas 1

सडक भास्सिएर सुख्खा पहिरो गएपछि रातिदेखि नै वीपी राजमार्गको नेपालथोक–खुर्कोट सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ । सर्वसाधारण यात्री तथा स्थानियलाई समस्या पर्न गएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन ९ गते सोमवार ।