Late Kedar Narayan Mak Shrestha
Late Kedar Narayan Mak Shrestha

काठमाडौ। दशकौदेखि विभिन्न रेडियो तथा एफएमहरुमा फोन गरेर सामाजिक जनचेतना अभिबृद्धि गर्ने र गराउने कार्यमा उल्लेखनिय योगदान दिदैंआएका साँखु स्थित साल्खाटोलका सामाजिक अभियन्ता केदारनारायण माकः श्रेष्ठको निधन भएको छ। ६८ बर्षको उमेरमा उपचारको क्रममा भक्तपुर क्यान्सर अस्पतालमा आइतवार राति ११.३० बजे दुःखद निधन भएको हो।

केही महिनादेखि अलि अस्वस्थ देखिएका सामाजिक अभियन्ता श्रेष्ठको अन्ततः कलेजोमा क्यान्सर भएको पुष्टि भएपछि त्यसको उपचार्थ तीनदिन अघि मात्र भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका थिए। उपचारकै क्रममा बेहोश अवस्थामा नै श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

साँखुका स्थानीय जात्रा तथा पर्वहरुमा अग्रपंक्तीमा सहभागिता जनाउने तथा हरेक बर्षको गाईजात्रामा महिला कलाकार बनेर साँखुवासीलाई हंसाउने रमाइलो व्यक्तिका रुपमा चिनिएका श्रेष्ठको निधनवाट रेडियो स्रोता तुल्सी महर्जन अत्यन्त दुःखी बनेकी छन्। उनले  रेडियो स्रोताकर्मीहरु एक चर्चित रेडियो स्रोताकर्मीको निधनमा सहभागिता जनाउन नपाउनु आफूहरुको दूर्भाग्य भएको भनेकी छन्।

साँखुको साल्खाटोलस्थित झिगु चिया पसलका प्रसिद्ध मिठाई बाका रुपमा पनि अत्यन्त चर्चा पाएका केदारनारायण माँक श्रेष्ठको निधन भएको खवरवाट रेडियो स्रोताकर्मीहरुले अपुरणिय क्षति भनेका छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख १८ गते सोमवार ।