काठमाडौ। चीनको हुनान प्रान्तमा अत्यन्त पिरो खुर्सानी खाने रोचक प्रतियोगिता भएको छ। प्रत्येक बर्ष हुने यस प्रतियोगिता यो बर्ष गत सोमवार भएको हो।  

खुर्सानी खाने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनको सिक्का पनि जितेका छन्। उक्त सिक्काको वजन ३ ग्रामको रहेको छ। सबैभन्दा छोटो समयमा ५० वटा खुर्सानी खानेले प्रतियोगिताको उपाधि जित्ने गर्दछ।

यो बर्ष तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जितेका छन्। खुर्सानीले भरिभराउ एक पोखरीमा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा ताबास्को जातको खुर्सानी खान दिइन्छ। उक्त खुर्सानी विश्वको सबैभन्दा पिरो खुर्सानी हो।

प्रकाशन मिति–२०७५ साल साउन १३ गते आइतवार ।