अष्ट्रेलियाको बैंकको लोभलाग्दो जागिर छाडेर आएकी अनुष्का श्रेष्ठ यो बर्षकी मिस नेपाल

0 minutes, 0 seconds Read

काठमाडौं। यो बर्षको मिस नेपाल अनुष्का श्रेष्ठ बनेकी छन्। विहीवार काठमाडौंमा आयोजित मिस नेपालमा २३ बर्षिया अनुष्का श्रेष्ठ मिस नेपाल घोषणा भएकी हुन्।

मिस नेपालमा सहभागी हुन अस्ट्रेलियाको बैँकको लोभलाग्दो जागिर छाडेर आएकी २३ अनुष्का श्रेष्ठले यो बर्षको मिस नेपालमा भाग लिन नेपाल आएकी थिइन्। अनुष्काको मिस नेपाल वर्ल्ड बन्ने सोच र सपना उनको मेहनत अनुसार सफल भएको छ। आगामी डिसेम्बर ७ मा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व अव अनुष्काले गर्ने भएकी छन्।

सिड्नीको अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट ग्राजुएट गरेकी अनुष्काले १९ वर्षको उमेरमा भ्याटिकन सिटीमा इन्टर्नसिप गरेकी थिइन्। इसाई धर्मगुरु पोप राष्ट्रप्रमुख हुने देश भ्याटिकन सिटीको अर्थ सचिवालयमा उनले मार्च २०१६ देखि जुन २०१६ सम्म चार महिना इन्टर्नसिप गरेकी थिइन्।

उच्च शिक्षाका लागि अस्ट्रेलिया भने उनी सन् २०१४ मै पुगेकी थिइन्। उनले सिड्नीमा भएको मिस नेपाल ओसेनिया पनि जितेकी थिइन्। मिस नेपालमा सहभागी हुन नेपाल आउनुअघि अनुष्का अस्ट्रेलियाको कमनवेल्थ बैँकमा अडिट एडमिनिस्ट्रेटर थिइन्।
प्रकाशन मिति–२०७६ साल बैशाख २६ गते विहीवार ।

Similar Posts