अस्ट्रेलियामा हिउँ खेल्न गएका दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु

0 minutes, 0 seconds Read

काठमाडौं। अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु दुःखद खवर रहेको छ। कान्तिपुर डेलीका अनुसार, अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो।

क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शनिबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए। अन्य १० जना क्यानबेरामै बसेका भएपनि खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिँडेको थियो।

दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदीगोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै दूतावासले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल साउन १३ गते सोमवार ।

Similar Posts