• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Analysis

ओली जी, अब तपाईको आशा अझै गरौं कि मारौं ? – विश्लेषण

ओली जी, अब तपाईको आशा अझै गरौं कि मारौं ? – विश्लेषण
0
VIEWS

लामो समयको तिक्तता पछि निर्मित भद्र सहमतिलाई तोड्दै नेपाली काँग्रेसले प्रजातन्त्रको रक्षा र संवर्धनका खातिर भन्दै भारतको आर्शिबाद, मेधेशबादी दलहरूको झिंजेभोट एवं एमाओबादी पार्टि परित्याग गरी नयाँ शक्तिको अभियानमा हिड्न कसिएका करीब ४ दर्जन कामरेडहरूको संभावित भोट पाउने ठुलो अभिलासाका साथ अगाडी सारिएका शुशिल कोईराला हार्नु पुर्व अधिकांश काँग्रसी कार्यकर्ताहरू नै कोईरालाको यो गलत कदमको बिरोध समेत गरेका थिएभने केवल शेर बहादुर र रामचन्द्र पौडेल भने खुशी नै थिए किन कि यो नै शुशिल कोईरालाको राजनितिको ढोका बन्द गरेर आफ्नो पालो आउने उपयुक्त मौका देखे । त्यसैले पनि यि दुई धुन्धुकारी भने गद्गद थिए ।krishna prasad sharma
जुन दिन तपाईले जित्नु भयो मैले फेसबुकमा लेखेको थिए कि नेपाली उम्मेदवार केपी ओली जीलाई बधाई अनि थप उनको कार्यशैली हेरेर भनौला । सरकार गठन पनि भयो । सरकार गठन कै दिन राती शेरबहादुर यो सरकार ढाल्नु पर्छ भन्नै खुशामतमा ब्यस्त थिए । उनको के कुरा गरौ तर पनि प्रंसङग आईहाल्यो देशमा भि.आई.पी क्लचरको शुरूवात गरेर मन्त्रीलाई सेवा सुविधा दिएर नेपाली जनतालाई आजीवन ऋण बोकाउने उनै हुन अनि हालसम्म कै जम्बो मन्त्रीमण्डल बनाउने पनि उनै थिए । उनी गिरीजा पछिको राष्ट्रघाती मै राख्न योग्य व्यक्ति पनि हुन ।A
भुकम्पले जर्जर देशमा तपाँई नेतृत्वको सरकारले केहि गर्छ भन्ने नै थियो । म तपाँई प्रति यति ठुलो आशाबादी थिंए । यसको कारण चाँहि तपाँईमा बाबुरामको जस्तो पि.एच.डी भएर पनि होईन अनि गिरिजाको जस्तो एकोहोरो भेडोपन भएर पनि होईन । मात्र यस अघिका केहि उदाहरणबाट जस्तो, जुन बेला माओबादीले अलि बढी नै अहंकार देखाएको थियो त्यो बेला तपाँईको बोली र महेश बस्नेतको युवा संघको नेतृत्वले माओबादीको गृहकार्य नै तपाई बोलेको तितो यथार्थको प्रतिउत्तरमा समय बिताउनु थियो । त्यस्तै यो भन्दा अघिल्लो सरकारमा महेश बस्नेलाई मन्त्रीमा पठाएर टेष्ट गरेको आँटी मान्छे पनि हो तपाई भने महेश बस्नेतको धमिलिएको चरित्रलाई सुधार समेत भयो भने बस्नेतले काम गर्न प्रयत्न समेत गरेका थिए ।
प्रधानमन्त्री भएपछि पहिलो भाषणमा आँफु सिहंदरबारमा फोटो टाँस्न जाने मात्र नभई देश र जनताका लागी केहि गरेर देखाउने भन्नु भएको थियो । यो भन्दा ठुलो आशाबादी बाणी के हुन्थ्यो र । जब सरकार गठन भयो जुन अहिलेसम्म नेपाली राजनितिमा प्रयोग नभएको ६ जना उप–प्रधानमन्त्री सहितको भेडीगोठ बनाउनुभयो । सँयुक्त सरकारको बाध्यता भएपनि यो लोकलाज भुलेर उप–प्रधानमन्त्री खान चित्रबहादुर के.सी सम्म पुगे । अरु त श्रीमतीको कोटामा पद खान जानेहरूलाई केहि भन्नु छैन । बाबुराम भट्टराईले भने जस्तै अहिले तपाई प्रधानमन्त्री भए पनि जे जति काम भएको छ केवल कमल थापाका कारण भएको छ । अरू केहि नभए पनि कमल थापालाई परराष्ट्रमन्त्री नियुक्त गर्नु चाहिं तपाईको उपयुक्त छनोट हो । उनको काम सकरात्मक नै छ । पंचायतको भुतले तर्सेका बाहेक अरूलाई राम्रै लागेको छ ।
सरकारमा आँफुले सोचे अनुसार काम गर्न नसक्नुमा प्रतिपक्षले सरकार गठनको पहिलो रातबाटै सरकार गिराउन लागेको र भारतीय नाकाबन्दी भन्न सक्नु हुन्छ होला । हो, यसमा आंशिक सत्यता छ तर अघिल्लो सरकारमा लालबाबु पण्डितले उठाएका जस्ता कार्य गर्न नाकाबन्दीले रोकेको त थिएन नि ? भुकम्प गएको ८ महिनासम्म काँग्रेस र एमालेले भुकम्प पिडितको नामको ठुलो रकम कसले चलाउने भन्ने होडबाजी नै भयो । अझ भनौ अदृष्य भ्रष्टचारका लागी तपाई समेत आफ्नै पार्टिको मान्छे भुकम्प पिडित पुर्नस्थापनाको प्रमुख बनाउन लाग्नु भयो तर आजसम्म पत्रपत्रिकामा आएका समाचार नै हेर्दा पनि ३८ जना भुकम्प पिडितहरू चिसोले ज्यान गुमाई सकेका छन्भने यो क्रम कहिलेसम्म जारी रहने हो थाहा छैन तर तपाँईको नेतृत्वको सरकारले केहि गर्न नसके पनि बङगलादेश सरकारले भुकम्प पिडितलाई दिएको चामल र कम्बल झापाको गोदाममा किन कुहाएको छ अनि एयरपोटमा लाखौको औषधी किन अलपत्र छन् ? त्यसको ब्यवस्थापन गर्न पनि के पुर्ननिर्माण प्रमुखको नियुक्त हुन जरूरी थियो त ? आजै मात्र एउटा पत्रिकामा ६ दिनकी छोरी जाडोको कारण गुमाएकी एक आमाको रोदन पढेको थिएँ । हुन त तपाई पनि करीब १ लाख मासिक सरकारी खर्च गरेर पत्रिका पढ्नुहुन्छ भन्ने खबर आएको थियो । त्यसैले यस्ता समाचार पक्कै पढ्नु भए होला तरपनि तपाईको टिमलाई यो समाचारले समेत छोएन । अहिले गठन भएको सरकारका मन्त्रीहरुमा कमल थापाबाहेक अन्य कुनै एकको मात्र एउटा मात्रै काम देखाउनुस् प्रधानमन्त्री ज्यु । संघियता सहितको गणतन्त्रबाट आएको संबिधान कार्यान्वयन गर्न पनि तपाईंको नेतृत्वले सक्दैन किन कि सरकारमै भएका चित्र बहादुर के.सी संघियता खारेज हुन्छ भन्दै बिना कुटनैतिक चौतारे भाषण गरि हिडेका छन्भने अरु रावल, मैनाली, गच्छदार त अहिले कुन दुलामा छन् थाहा पनि छैन । यसबाहेक नेपाली राजनैतिक ईतिहासमा तपाँईको अर्को बदनामपुर्ण कदमले दीर्घकालीन देशलाई ऋणी बनाउँदै हुनुहुन्छ त्यो हो मन्त्रालय टुक्राउने काम । मन्त्रालय टुक्राउने कामको पहिलो श्रेय एमालेकै पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल जी हो तर तपाईले अहिले गरे जस्तो “पशु बिकास“ सम्मको मन्त्रालय गठन हुने गरी भने टुक्राईएको थिएन । तपाँईलाई थाहै होला पनि बिदेशमा आफ्नो बगौंचाको रुख काट्न समेत काउन्सिललाई सोध्नु पर्छ तर तपाँईले कुन आधारमा मन्त्रालय टुक्राउनु भयो ? त्यसको तात्कालिन र दीर्घकालिन रुपमा देशलाई कति व्यभार पर्छ कुनै आंकलन छ अनि यसलाई मुखले बिरोध गरेझै गरेपनि सरकारको अर्को साझेदार एमाओबादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टिबाट थप मन्त्री पठाउने तर सरकार नछाड्ने बताए पछि भने यो मन्त्रालय टुक्राउनेमा एमाओबादी समेतको साजिस छ भन्ने स्पष्ट हुन्छ ।
सरकार गठन पछिको पहिलो मन्त्रपरिषद्को निर्णयमा देश भरका तुईनलाई दुई बर्ष भित्रमा झोलुङ्गे पुलले बिस्थापित गराउने तपाँईको यो कदम राम्रो लागेको थियो त्यसपछि तपाँई एक बर्षमा लोडसेडिङ हटाउँछु भन्दै हुनुहुन्थ्यो तर दुई हप्ता अगाडी आएर लोडसेडिङ घटाउँछु भन्दै हुनु हुन्छ । पहिलै घटाउँछु भनेको भए हुने किन हटाउँछु भनेर गफ दिनुभयो ? कहिले हावाबाट बिजुली निकाल्छु भन्नु हुन्छ कहिले के कहिले के । यस्ता हलुका कुरा गरेर तपाईले म मात्रै होईन धेरै नेपालीको आशालाई निराशामा बदल्नु भएको छ । कुनैबेला बाबुरामको ठुलो आशा गर्थे जनताले तर अहिले ६० बर्षमा नयाँ शक्तिको औषधी बाँढ्दै हिंडेका छन् । तपाँईको पनि कुनै दिन यही हालत नआउला भन्ने सकिन्न । यदी यही दिशामा तपाईको गाडी अगाडी बढ्दै गयो भने । तपाँई अहिले सानातिना उद्घाटन र हावादारी गफमा व्यस्त हुनुहुन्छ अनि अझै जयजयकार खोज्दै हुनु हुन्छ ।
सरकारको काम हेर्दा एउटा सामन्य व्यक्तिले गर्न सक्ने काम सम्म गर्न सक्नु भएको छैन । काठमाण्डौका डा. रबीन्द्र पाण्डे जस्तो एउटा साधारण डा.ले करीब ४५ जिल्लाका करीब ९००० भुकम्प पिडितलाई सहयोग गर्न सक्छन् ! अनि रौतहटका एक साधारण रिक्शा चालक केदार तिमिल्सेनाले कपडा उठाएर बाँढ्न सक्छन् भने यो देशको बागडोर समालेर यति ठुलो भेडीगोठ हुँदा समेत तपाई किन कुम्भकर्ण जस्तो मस्त हुनुहुन्छ । अतः मेरो तपाईलाई प्रश्न छ ओली जी, अब तपाई प्रतिको आशा अझै गरौ कि मारौं ।
(कृष्ण प्रसाद शर्मा)

Tags: analysiskrishna prasad sharmavisionsansarअब तपाईको आशा अझै गरौं कि मारौं ?ओली जी
Share
VisionSansar

VisionSansar

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

58051
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40005
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26400
स्वतन्त्र संसार महर्जनको नमूनामय क्लोजिङ सेरोमोनी

स्वतन्त्र संसार महर्जनको नमूनामय क्लोजिङ सेरोमोनी

1 April 2023
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023

Recent News

स्वतन्त्र संसार महर्जनको नमूनामय क्लोजिङ सेरोमोनी

स्वतन्त्र संसार महर्जनको नमूनामय क्लोजिङ सेरोमोनी

1 April 2023
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.