No Result
View All Result
काठमाडौं। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे १ सय बर्ष पुगेको शुभ अवसरमा काठमाडौं महानगरपालिका र नागरिक समाजले अभिनन्दन गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेको अभिनन्दन गरेका हुन्।

बग्गीमा पत्नी महाकालीका साथ सवार राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय सभागृहमा स्वागत गरेर मेयर शाक्यले अभिनन्दन गरेको हो।

लैनचौर, कपुरधारास्थित निवासबाटै काठमाडौंका विभिन्न स्थानको परिक्रमा गराएर राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय सभागृहमा अभिनन्दन गरिएको हो। नगर परिक्रमा देखि अभिनन्दनसम्म नेपाली चलचित्रका महानायक राजेश हमालले पनि राष्ट्रकवि घिमिरेलाई साथ दिएका थिए।

प्रकाशन मिति–२०७५ साल असोज १३ गते शनिवार ।
No Result
View All Result