केकीको शरीरको तल्लो भाग अलि मोटो–जिम गरेर वनाउने कडा मेहनत

0 minutes, 0 seconds Read

काठमाडौं। कुनैबेला अत्यन्त ख्यातिप्राप्त नाट्यकर्मी तथा चलचित्र निर्देशक बद्री अधिकारीकी सुपुत्री नायिका केकी अधिकारीलाई नेपालको बौद्धिक नायिकाको रुपमा लिइने गरेको छ। शालिन तथा स्वभाविक अभिनय गर्न माहिर नायिका केकी अधिकारीले नेपाली फिल्म इण्डष्ट्रीमा इन्ट्री मारेको पनि नौ बर्ष पुगिसकेको छ।

केकीको पहिलो फिल्मको नाम नै स्वर रहेको छ। सन् २०१० मा रिलिज भएको स्वरवाट नेपाली फिल्ममा डेब्यु गरेकी केकी अधिकारीले दर्जनौ दर्जन चलचित्रमा स्वभाविक अभिनय गरेर सवैको मन जितिसकेको अवस्था रहेको छ। असल पिताको असल छोरी बन्ने कार्य नायिका केकी अधिकारीवाट भएको छ।

अघिल्लो साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर चलचित्र निर्माणमा समेत हात हालेकी केकीले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउने क्रममा रहेकी छन्। चलचित्रको अभिनयमा विभिन्न भूमिकामा स्वभाविक अभिनय गर्न माहिर भएजस्तै ज्यानलाई स्वस्थ बनाउन हिजोआज नियमित जिम जान थालेको बताएकी छन्।

छरितो ज्यानका लागि जिम अत्यन्त आवश्यक भएको बताउने केकीको भनाई उनको शरीरको तल्लो भाग तुलनात्मक रूपमा अलि मोटो छ। यिनै कुरालाई सन्तुलनमा ल्याउन जिम जाने गरेको उनले रहस्यको पोको भने संपूर्ण साप्ताहिकमा खोलेकी छन्।


प्रकाशन मिति–२०७६ साल साउन ९ गते विहीवार ।

Similar Posts