काठमाडौं। नेपालका अदभूत डान्सका माहिर कलाकार स्वजन रघुबंशीले पशुपतिनाथको परिसरमा अदभूत कलाकारिता देखाएका छन्। भगवान पशुपतिनाथ मन्दिरको पछाडि बागमती पारि आरती स्थलवाट सवैलाई अदभूत कलाकारिताको अवतार देखाउने कार्य कलाकार रघुवंशीवाट भएको हो।

साउने सोमवारको पवित्र आरतीसंगै भगवान शिवको ताण्डव नृत्यलाई त्यस्तै अदभूत अवतारमा कलाकार रघुवंशीले देखाउंंदा पाशुपात क्षेत्र वरपर बसेर हेर्ने हजारौ दर्शकहरुले रघुवंशीको अनुहार तथा नृत्यको हाउभाउमा भगवान शिव वावाको रुप देखेको पनि भन्न भ्याएका थिए। कतिले यस्तो अदभूत अवतारपूर्ण भरत नाट्यम नृत्य लाइफमा पहिलो पल्ट हेर्न पाएको भन्ने बृद्धहरु पनि पाइए।

भारतको बनारस स्थित बनारस हिन्दू विश्वविद्यालयमा मास्टर इन पर्फमिङ आर्टमा भरत नाट्य डान्समा मास्टर गर्दैगरेका कलाकार रघुवंशी केही दिनअघिमात्र विदामा नेपाल आएका थिए। एक बर्षे कोर्श अझै वाँकी रहेको अवस्थामा नेपाल आउंदा पहिलो पल्ट भगवान पशुपतिनाथको आरति स्थलमा त्यसरी नृत्य कलाकारिता मार्फत भक्तिभाव देखाउन पाउंदा अत्यन्त गर्ब तथा खुशी लागेको कलाकार रघुबंशीले भिजन संसार डटकमलाई प्रतिक्रिया दिएका छन्।


प्रकाशन मिति–२०७६ साल साउन ९ गते विहीवार ।