काठमाडौं। कोरोनाको महामारीको सामना गर्दै देशभर स्वयंसेवी तवरले रक्त व्यवस्थापनाको क्षेत्रमा अहम् भूमिका निर्वाह गर्दैआएको नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा चोभारको पिकनिक स्पटमा नै विशेष रक्तदान कार्यक्रम संपन्न गरेको छ।

पुस महिनाको जाडोको छेकोमा पारिलो घाम तापेर स्वयंसेवी रक्तदाताहरु वीचको भेटघाटमय पिकनिक गर्दै समाजले विशेष रक्तदान कार्यक्रम गरेको हो।

समाजका केन्द्रिय अध्यक्ष एवम् नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा शनिवार भएको पिकनिकमय विशेष रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

जसमा बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको पनि विशेष आतिथ्यता रहेको थियो।


प्रकाशन मिति–२०७७ साल पुस २६ गते आइतवार ।