नेपालका एक्सन हिरो ईश्वर थापाको क्यानाडामा बेग्लै इमेज

0 minutes, 0 seconds Read

Ishwor Thapa 2काठमाडौ। शिव श्रेष्ठ पछि नेपालको एक्सन हिरो मानिएका अभिनेता ईश्वर थापाले एघार बर्षयता क्यानाडामा बेग्लै इमेज राख्न सफलता प्राप्त गरेका छन्। नेपालमा रहंदा पैसाको धम्की, सिमारेखा, विषालु, हाउडे र पन्छी जस्ता चलचित्रमा सफल अभिनय गरेर बेग्लै क्रेज राख्न सफल अभिनेता थापा क्यानाडा पुगेपछि त्यहाँ आइ एम नट रेजिस्ट अर्थात म भेदभाव गर्ने मान्छे होइन नामक ३५ मिनेट लामो सटमूवीको निर्माण–निर्देशन–सम्पादन गरेर क्यानाडामा रहेका नेपाली तथा विदेशीहरुको निक्कै वाहवाही र तारिफ पाउन सफल बनेका थिए।

Ishwor Thapa 3

अभिनेता थापाको उक्त सटमूवी हेर्ने जो कोहीको पनि आँखा रसाएको थियो। त्यस्तो मार्मिक सटमूवी बनाउन सफल अभिनेता थापाले क्यानाडाको राष्ट्रिय टेलिभिजन रोजर्समा पहिलो पल्ट नेपाली भाषाको समाचारमूलक आधा घण्टाको कार्यक्रम चलाएका थिए। एक बर्ष नेपाल टिभी क्यानाडा नाम राखेर कार्यक्रम चलाएका अभिनेता थापाको उक्त कार्य ऐतिहासिक नै बन्न पुगेको छ।

Ishwor Thapa 4क्यानेडियन टेलिभिजनमा नेपाली भाषामा नेपाली समाचारमूलक कार्यक्रम चलाउने पहिलो नेपालीको रुपमा अभिनेता थापाले नाम राख्न सफलता प्राप्त गरेका थिए। उनै अभिनेता थापा हाल क्यानाडामा विभिन्न च्यानल तथा प्रोग्रामका लागि उत्कृष्ट भिडियो सम्पादकको रुपमा कार्यरत रहेका छन्। थापाको कुशल भिडियो सम्पादनले क्यानाडामा दर्जनौ दर्जन सम्मान तथा पुरस्कार पाइसकेका छन्।

Ishwor Thapa 5निकट भविष्यमा प्रवास क्यानाडावाट नेपाली चलचित्र बनाउने सोचमा अभिनेता थापा रहेका छन्। त्यसको पूर्वतयारी हाल गरिरहेको पनि थापाले भिजन संसारसंगको कुराकानीमा खुलासा गरेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ३ गते शुक्रबार ।

Similar Posts