काठमाडौ। एक दशकअगाडि चलचित्र नैना रेशमवाट जोडी बाँधिएका नायिका निशा अधिकारी र नायक विराज भट्ट दुवैको कमव्याँक चलचित्र जय–परशुरामवाट भएको छ। चलचित्र जय–परशुराम अपेक्षाकृत त्यति राम्रो चल्न नसक्दा दुवैलाई घाटा भएको छ।

Nisha Adhikari with Biraj Bhatta in Jay Parshuramरोज रानाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र जय–परशुराम चलेकै दिनमा रोज राना उपर काठमाडौको मध्यबानेश्वरमा तरबार प्रहार हुंदा उत्पन्न विवाद तथा तनाबले चलचित्रलाई स्वभाविक रुपमा असर परेको छ। चलचित्र जय–परशुराम र अर्को चलचित्र परशुराम वीचको आन्तरिक विवादले गर्दा पनि विराज र निशा अभिनित चलचित्र जय–परशुरामलाई प्रत्यक्ष असर पर्न गएको बताइन्छ।

जय–परशुरामवाट नायक विराज भट्टको नेपाली चलचित्रमा सहज रुपमा कमव्याँक हुने अनुमान गरिएतापनि अपेक्षाकृत जय–परशुरामको रिजल्ट राम्रो नबनेपछि भट्टलाई गंभीर घाटा परेको छ। नायिका निशा अधिकारी भने यतिखेर यो घाटावाट बच्न अमेरिका भ्रमणमा रहेकी छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ४ गते शनिवार ।