![Mr.Mahesh Ra Dhakal-Nepal's First Culinary Director. Culunary Director of Hotel Mystic Mountain, Nagarkot, Nepal.](http://www.visionsansar.com/wp-content/uploads/2017/10/Mahesh-Raj-Dhakal-2.jpg)
काठमाडौ। नेपालको हस्पिटालिटी क्षेत्रमा एकपछि अर्कोगरेर सफलताको लहर तथा उत्कृष्टताले उचाई कायम गर्न थालेको छ। विशेषत विदेशका तारे होटलमा मात्र दिइने गरेको उच्च पद नेपालको होटलमा पनि दिइन थालेको छ। त्यो पद पाउने नेपालमा पहिलो चिफ एक्ज्युकेटिभ सेफ महेशराज ढकाल बनेका छन्।
नेपालमा पर्यटन क्षेत्रमा अत्यन्त चर्चित स्थान नगरकोटमा हालै खुलेको पाँचतारे होटल मिस्टिक माउण्टेनमा कुलिनरी डाइरेक्टर पद पाएका छन्। सानो उमेरमा चिफ एक्ज्युकेटिभ सेफको पद होटल सांग्रिलावाट पाएका महेशराज ढकालले त्यो भन्दा माथिको उक्त पद पाएका हुन्। फुड र बेभरेजको क्षेत्रमा अग्रणी कार्य गरेर चमत्कार देखाउने सेफलाई अमेरिका तथा युरोपतिर दिने उच्च पद कुलिनरी डाइरेक्टर हो।
सो पदमा कार्यरत रहेर होटल मिस्टिक माउण्टेनमा स्थापनाकालवाट कार्यरत रहेर महेशराज ढकालले आफूभित्रको खुवी तथा ट्यालेन्टलाई पस्केका छन्। जुन खुवी तथा ट्यालेन्टले त्यस होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना पर्यटकहरु पनि तीन छक्कै पर्न थालेका छन्। 31 बर्षिय ढकालको चमत्कारी कार्यले नेपाली खाना तथा स्वादलाई उच्चस्थान प्रदान गर्ने कार्य भएको छ। जसको मुक्तकण्ठले तारिफ गर्नेहरुको नगरकोटमा कुनै कमी देखिएको छैन्।
हरेक फुडका आइटममा नेपाली स्वादका साथमा विदेशी खानाको नयाँ आइटम तथा प्रयोगलाई चमत्कारी ढंगवाट पस्कने बेग्लै कलाले कुलिनरी डाइरेक्टर ढकालको कमालको रुपमा नै त्यहाँ लिइएको छ। त्यसमाथि कुलिनरी डाइरेक्टर ढकालको टिम पनि अत्यन्त राम्रो भएकोले चमत्कारिक फुड आइटम पस्कन आफूलाई सहज र सरल भएको ढकालले भिजन संसारलाई भनेका छन्। ढकालले विश्वप्रसिद्ध विभिन्न अवार्ड विभिन्न देशवाट प्राप्त पनि गरिसकेका छन्।
होटल मिस्टिक माउण्टेनमा ७१ रुम सहितको सुविधासंपन्न स्वीमिङ्ग पुल, ज्याकुजी, फिटनेस सेन्टर, स्पा, सोना, स्टिम, फ्री वाइफाइ जस्ता फाइभ स्टार होटलका सवै सुविधा पाइन्छ। होटल २८ रोपनी जग्गाको क्षेत्रफलमा फैलिएको छ। होटलको डिजाइन पनि अल्ट्रा लक्जरी रहेको छ। होटलको यस विशेषतामा कुलिनरी डाइरेक्टर ढकालको फुड एण्ड बेभरेजमा चमत्कारी कार्यले यस होटलप्रति पर्यटकहरुको निक्कै आकर्षण बढ्न थालेको छ।
प्रकाशन मिति–२०७४ साल असोज २० गते शुक्रबार ।