![](http://www.visionsansar.com/wp-content/uploads/2017/11/Niti-Shah-2.jpg)
काठमाडौ। नेपालकी चर्चित मोडल तथा मिस नेपाल इन्टरनेशनल २०१७ नीति शाह धेरै पढे्–लेखेकी मिस नेपाल भएतापनि बोल्दा बुद्धि पुर्याउन नसक्दा यतिखेर अत्यन्त आलोचनाको शिकार बनेकी छन्। मिस नेपाल जस्तो मान्छेले विश्व रंगमंचमा नेपालका नाम तथा शान राख्नुपर्नेमा उल्टै नेपाललाई तल्लो श्रेणीमा झारेर नेपाली महिलाहरुको अपमान हुने अपशव्द बोलेकै कारण मिस नेपाल नीति शाह आलोचित बनेकी हुन्।
मिस नेपाल बन्न जतिसुकै आदर्शका कुरा छाँटेपनि यथार्थमा त्यो आदर्श खोक्रो आदर्श भएको नीति शाहले जापानमा भएको कार्यक्रममा मज्जाले देखाउंदा नेपालको बेइज्जत भएको छ।
![](http://www.visionsansar.com/wp-content/uploads/2017/11/Niti-Shah-1.jpg)
जापानमा आयोजित ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै पुगेकी मिस नेपाल नीति शाहले भनेकी थिइन्, ‘म नेपालबाट आएकी हुँ, जुन एकदमै विकासशील देश हो। हामी शिक्षाको आधारभुत अधिकारमा एकदमै पछाडि छौं। एकदमै दुःख लाग्दो कुरा के छ भने, हाम्रो देशमा दुई वर्गका महिला छन्। पहिलो वर्गमा शिक्षित महिला पर्छन्, जो शहरी क्षेत्रमा बस्छन्। अर्को वर्गमा ग्रामीण महिलाहरु छन्, जसलाई स्वास्थ्य, सरसफाइ तथा उनीहरूका आफ्नै क्षमता अनि उपलब्धिका सम्भावनाबारे केही थाहा छैन्। ग्रामीण महिलाहरुलाई आफू कहाँ के गर्न जाँदै छु भन्ने थाहा नै हुँदैन। मेरो देशका प्रायः महिलाहरुसँग दुई वटा विकल्प छन्। कि त व्यावसायिक प्रगति छान्नुपर्छ कि व्यक्तिगत र पारिवारिक चाहना।’
नीतिले आफू शहरी महिला भित्र पर्ने बताउँदै नेपालका ग्रामिण क्षेत्रका धेरै महिलाहरु वेश्याबृत्तिका लागि विभिन्न देशमा बेचिने गरेको समेत सोही क्रममा बताएकी थिइन्।
नीतिले कार्यक्रममा ब्यक्त गरेका यी विचारले अहिले सामाजिक सञ्जालमा उनको बिरुद्ध चर्का आवाजहरु उठिरहेका छन्। यता नीतिले भने सोवा विश्वविद्यालयमा भएको छलफलका क्रममा आफूले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे फेसबुकमार्फत स्पष्टिकरण दिएकी छन्।
नीतिले प्रष्टिकरण दिँदै आफूले भनेको कुरालाई गलत ढंगले बुझिएको उनले भनेकी छन्। उनले नेपालको लैंङ्गिक अवस्थाबारे मात्र कुरा राखेको बताउँदै सो कुरा सत्य भएको पनि बताइन् । उनले यसबाट कसैलाई चोट परेकोमा माफी पनि मागेकी छिन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक २९ गते बुधवार ।