नेपाल महिला संघको तेश्रो महाधिवेशनवाट उमा रेग्मी अध्यक्षमा निर्वाचित

0 minutes, 0 seconds Read

uma-regmiकाठमाडौ। नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघको तेश्रो महाधिवेशनवाट उमा रेग्मी अध्यक्षमा निर्वाचित बनेकी छन्। शुक्रबार राति सकिएको मतदान भएको मतगणनामा रेग्मीले अध्यक्षमा जितेकी हुन्।

निर्वाचित अध्यक्ष नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता कृष्ण सिटौला पक्षधरको संयुक्त प्यानलकी उम्मेदवार हुन्। रेग्मीले नेपाली कांग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर उम्मेदवार मिना पाण्डेलाई पराजित गरेकी थिइन्।

निर्वाचित अध्यक्ष रेग्मीले ९ सय ९८ मत ल्याएकी थिइन् भने प्रत्यासी पाण्डेले ७ सय ९७ मत ल्याएकी थिइन्। महासचिवमा पनि संस्थापन प्यानलकी धना खतिवडा र कोषाध्यक्षमा जानकी सिंहको जित भएको छ। मतदानमा कुल १ हजार ८ सय १४ मत खसेको थियो। ५६ पदका लागि झण्डै डेढ सयको उम्मेदवारी परेको थियो।
प्रकाशन मिति–२०७३ साल असोज १ गते शनिवार

Similar Posts