पहिलो संशोधित नेपालको संविधानको विधेयक राष्ट्रपतिवाट प्रमाणिकरण

0 minutes, 0 seconds Read

Bidhya Devi Bhandari President of Nepalकाठमाडौ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको पहिलो संशोधन विधेयक २०७२ आइतवार प्रमाणिकरण गरेकी छन्।

उक्त विधेयक व्यवस्थापिका संसदले गत माघ ९ गते पारित गरेको थियो। पारित विधेयकलाई सभामुख ओनसरी घर्तीमगरले प्रमाणित गरेकी थिइन्। प्रमाणित विधेयकलाई प्रमाणिकरणका लागि संसद् सचिवालयले राष्ट्रपतिसमक्ष पठाएको थियो।

मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रमुख तीन दलहरुबीच भएको सहमतिअनुसार सुशील कोइराला नेतृत्वको सरकारले संविधान संशोधनका लागि संसदमा विधेयक दर्ता गराएको थियो। विधेयकमाथि संसदमा लामो समयसम्म सैद्धान्तिक र दफावार छलफल भएपछि विधेयक पारित भएको थियो।
प्रकाशन मिति–२०७२ साल फागुन १६ गते आइतवार।

Similar Posts