पुष्मकमल दाहालको नातिनी स्मिता दाहालको तेश्रो एल्वम रागिनी सार्वजनिक

0 minutes, 0 seconds Read

Prachanda's Natini' Raginiकाठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीत क्षेत्र सगरमाथा भन्दा उँचो र महासागरभन्दा गहिरो भएको बताएका छन्। अध्यक्ष दाहालले आफ्नै नातिनी स्मिता दाहालको तेश्रो गीति एल्वम रागिनीको बुधवार सार्वजनिक समारोहमा संवोधन गर्दै काठमाडौमा उक्त कुरा बताएका हुन्।

अध्यक्ष दाहालले आफूलाई पनि बाल्यकालमा संगीत क्षेत्रमा रुचि लागेको भएतापनि विभिन्न कारणले यसतर्फ लाग्ने नसकेको पीडा पोख्दै यस क्षेत्रप्रति आफ्नो उतिकै सम्मान रहेको भनेका छन्। सोही समारोहमा नातिनी स्मिता दाहाललाई अझ साधना गर्दै अगाडि बढ्न आग्रह समेत गर्ने कार्य अध्यक्ष दाहालवाट भयो।

अध्यक्ष दाहालको नातिनी स्मिता दाहालको तेश्रो एल्वममा पाँचवटा गीतहरु रहेका छन्। ती सवै गीतका गीतकार योगेन्द्रमणि दाहाल र संगीतकार सुनिल मास्के रहेका छन्।
प्रकाशन मिति–२०७३ साल असार १ गते बुधवार ।

Similar Posts