Darpan Chhaya 2 Aकाठमाडौ। सफल चलचित्र निर्देशक तुलसी घिमिरेले १६ बर्षअगाडि निर्देशन गरेको चलचित्र दर्पणछायाँको सिक्वेल चलचित्र दर्पणछायाँ २ बन्ने भएको छ। सोमवार काठमाडौमो आयोजित कार्यक्रममा चलचित्र दर्पणछायाँ २ को विधिवत रुपमा शुभसाइत गर्ने कार्य भएपछि निर्देशक घिमिरेले यस चलचित्रको छायाँकन यही विहीवारवाट हुने जानकारी दिएका छन्।

Darpan Chhaya 2

दर्पणछायाँका हिट कलाकारहरु निरुता सिंह, उत्तम प्रधान तथा दीलिप रायमाझी तीनैजना नेपाल बाहिर नै व्यस्त बनेकोले उनीहरुलाई चाहेर पनि यस चलचित्रमा दोहोर्याएर लिन नसकेको यथार्थता पनि निर्देशक घिमिरेले भनेका छन्। निरुता, उत्तम र दीलिपलाई यस चलचित्रले मिस्स गरिरहने प्रतिक्रिया पनि निर्देशक घिमिरेले दिएका छन्। उनीहरुको स्थानमा तीन जना नयाँ कलाकारहरु पुष्प खड्का, सहारा कार्की र श्रद्धा प्रसाईलाई प्रस्तुत गरिएको छ। यी तीनजना नयाँ कलाकारले नै चलचित्र दर्पणछायाँ २ को लिडिङ्ग गर्ने भएको छ।

Darpan Chhaya 2 A

साथमा अमेरिकावाट रिटर्न अभिनेता सरोज खनाल, बीएस राणा, शेरवहादुर, सुमन घिमिरे, जीवन आचार्य, अशिम शेर्पा, फिरोज तिमिल्सिना लगायतका कलाकारहरुको भूमिका रहने जानकारी पनि दिइएको छ। शुभसाइत समारोहमा दर्पणछायाँको हिट गीत लहनाले जुरायो कि बोलको गीतमा चलचित्रमा लिड गर्ने कलाकारहरुवाट नृत्य प्रस्तुत गरेका थिए। चलचित्र को निर्मातामा सवु कार्की र रवि कार्की रहेका छन्।
प्रकाशन मिति–२०७३ साल जेठ ३१ गते सोमवार ।