पूर्वराजा ज्ञानेन्द्र शाहको दशैं शुभकामनामा प्रश्न नै प्रश्न

0 minutes, 0 seconds Read

gyanendra-shahकाठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले वितेको १० बर्षमा नेपालमा राष्ट्रियता। सार्वभौमिकता, राष्ट्रिय एकता तथा सामाजिक सदभाव कायम हुन नसकेको तथा नेपाली जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन हुन नसकेको कुरामा अत्यन्त गुनासो गरेका छन्। नेपाली जनताको नाममा राजनीति गर्ने नेताहरुलाई लक्षित गरेर प्रश्न नै प्रश्न तेर्साएका छन्।

दशैंको सप्तमी अर्थात फूलपातीको अघिल्लो दिन शुक्रबार साँझ देशवासीलाई बडादशैंको शुभकामना दिदै ज्ञानेन्द्रले नेपाल र नेपालीको अस्तित्व, गौरब गाथा र स्वाभिमान रक्षाका लागि एक हुनुपर्ने आवश्यकता माथि जोड दिएका छन्। राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन नै राष्ट्रिय सहमतिको मूलमन्त्र हो भनेका छन्।

ज्ञानेन्द्रले देशमा भ्रष्टाचार, दन्डहीनता, ढिलासुस्ती बढेको, शासन प्रशासन जनमुखी हुन नसकेको र विकास निर्माण तथा उद्योग–व्यवसायसमेत फस्टाउन नसकेको कुरालाई पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन्। उनले दशैंको बेला पनि घर–परिवार छाडेर परदेशको भूमिमा रगत–पसिना बगाउनुपर्ने अवस्थावाट नेपाली युवालाई मुक्त गर्न नसकेकोमा पनि गंभीर दुःख व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७३ साल असोज २१ गते शुक्रबार ।

Similar Posts