प्राविधिक बेइमानीले अमेरिकन बाबुले अनाहकमा पेनाल्टी तिरे–सिधै युट्युव रिलिजको यथार्थता

0 minutes, 0 seconds Read

काठमाडौं। अमेरिकावाट निर्माण भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्माताले अनाहकमा पेनाल्टी तिर्नु परेको छ। निर्माता तथा निर्देशकको कुनै गल्ती नभएतापनि प्राविधिक गल्तीका कारण ३११ अमेरिकन डलर अर्थात करिब नेपाली ३५ हजार रुपैया पेनाल्टी रकम तिर्नु परेको हो।

चलचित्र अमेरिकन बाबु मेड इन नेपालको विश्वव्यापी युट्युववाट रिलिज गर्ने क्रममा अडियो नेटवर्क अमेरिकाले आठ स्थानमा स्ट्राक हानेपछि निर्माण पक्षले ३५ हजार पेनाल्टी रकम तिरेपछि युट्युव रिलिज भएको हो। हाल क्यानडामा रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्देशक ईश्वर थापाले क्यानडावाट उक्त पेनाल्टी रकम तिरेर विश्वव्यापी रिलिज गर्न वाँध्य भएको हो।

नेपालमा चलचित्र अमेरिकन बाबु मेड इन नेपालको प्राविधिक मिक्सिङ गर्ने जिम्मेवारी चलचित्र निर्देशक देवकुमार श्रेष्ठलाई दिइएको निर्देशक थापाले भिजन संसार डटकमलाई बताएका छन्। देवकुमार श्रेष्ठलाई प्राविधिक मिक्सिङ गराउने क्रममा युट्युव च्यानलमा रिलिज गर्ने वेला समस्या नहुने गरेर कार्य गर्न र गराउन सचेत गराउंदा गराउंदै पनि अडियो नेटवटक अमेरिकाको हाई क्वालिटीको ब्याग्राउण्ड म्युजिक विना स्वीकृति हालेको कारण पेनाल्टी तिर्नुपरेको यथार्थता निर्देशक थापाले खुलासा गरेका छन्।

प्राविधिक मिक्सिङमा सचेत गराउंदा गराउंदै पनि प्राविधिकको बेइमानीले गर्दा चलचित्र अमेरिकन बाबु मेड इन नेपालले पेनाल्टी तिर्नु परेको दावी गरेका छन्। आम नेपाली चलचित्र निर्माता तथा निर्देशकका लागि यो पेनाल्टी शिक्षाका रुपमा लिनुपर्ने र व्याग्राउण्ड म्युजिक राख्दा सचेत बन्न निर्देशक थापाको आग्रह रहेको छ। अर्कोतर्फ, नेपालका हलहरुमा चलचित्र अमेरिकन बाबु मेड इन नेपाल रिलिज नगरिकन सिधै युट्युववाट विश्वव्यापी रिलिज गर्नु र गराउनुको पछाडि हलमा चलचित्र रिलिज गर्न र गराउन अनावश्यक रुपमा महगो खर्च गर्नुपर्ने तथा खर्च गरेअनुरुप रिटर्न नहुने मात्र नभइकन रिलिज पश्चातको उठेको रकम उठाउन आधा बर्ष नै कुर्नुपर्ने जस्ता विविध कारणले हो भनेर निर्देशक थापाले खुलासा गरेका छन्।

चलचित्र निर्माण गर्नुभन्दा चलचित्र हलमा प्रदर्शन गर्न निक्कै कठिन कार्य भएको आफ्नो पूर्ववत अनुभव र बर्तमान अवस्था अझ गंभीर भएकोले सहज मार्ग युट्युव रोजिएको पनि निर्देशक थापाको भनाई रहेको छ। युट्युववाट रिलिज भएको दुई दिन नवित्दै ४५ हजारभन्दा बढीले चलचित्र अमेरिकन बाबु मेड इन नेपाल हेरिसकेको पाइएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २३ गते शनिवार ।

Similar Posts