काठमाडौं। फूलमा माहुरी, उडायो रेलैले ठाडो कपाल, भईयो धोती न टोपी, झ्याप्प झ्याप्प लभ लगायतका दर्जनौ गीतका हिट गायक ख्यातिप्राप्त हाँस्य अभिनेता गोपाल ढकाल छन्देको नयाँ गीत पनि तयार भैसकेको छ। किनकि म नेपाली बोलको गीत गजबका साथ अभिनेता छन्देले मज्जाले छन्द मिलाएर गाएका छन्।

यस गीतको भिडियो पनि रातारात निर्माण भैरहेको छ। निर्माण संपन्न भएको लगतै रातारात भाइरल गर्ने गरेर विश्वव्यापी रिलिज गर्ने क्रममा अभिनेता छन्देले दिन गन्दै रहेका छन्। सुन्दा राष्ट्रिय गीत जस्तो लागेपनि पूर्ण रुपमा यो मनोरन्जनात्मक साथै नेपालीपन झल्किने गजबको राम्रो गीत बनेको छ।

गीतकार दामोदर गौतमद्वारा रचित यस गीतलाई दामोदर गौतम र ओम् सुनारको संयुक्त संगीतमा तयार पारिएको हो। एरेन्ज ओम् सुनारको रहेको यो गीतलाई स्टुडियो रिंगमा रेकर्ड गराईएको हो,ग्रीस्मा संग्रौला रेकर्डिस्ट रहेको यो गीतलाई बिसन मानन्धरले मिक्सिङ्ग गरेका हुन् । बिदेशमा रहेका नेपालीहरुलाई मध्यनजर गरेर यो गीत तयार पारेको जानकारी पनि अभिनेता गायक छन्देले भिजन संसार डटकमलाई भनेका छन्।
प्रकाशन मिति–२०७५ साल चैत्र २२ गते शुक्रवार ।