बडादशैंको अवसरमा राष्ट्रपतिवाट १ सय ४ कैदीलाई माफी

0 minutes, 0 seconds Read

Bidhya Devi Bhandariकाठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले १ सय ४ जना कैदीलाई माफी दिएकी छन्।

नेपालका विभिन्न कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ती कैदीहरुलाई उनीहरुको असल आचरणलाई मध्यनजर गरेर शुक्रवार मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले माफी दिइएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत भनेको छ।

विज्ञप्तिमा नेपालको संविधानको धारा २७६ बमोजिम मन्त्रीपरिषदको सिफारिसमा उक्त माफी दिएको भनिएको छ।
प्रकाशन मिति–२०७३ साल असोज २१ गते शुक्रबार ।

Similar Posts