काठमाडौ। काठमाडौ महानगरपालिका वडा नंबर ३२ कोटेश्वर स्थित दीपनगर सूर्यकोट मार्गमा रहेका विभिन्न संघ–संस्थाहरुको अगुवाईमा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संपन्न भएको छ
![Senior Social Worker Mr. Mukunda Prasad Shrestha](http://www.visionsansar.com/wp-content/uploads/2017/06/Koteswar-Awal-Mukunda-Prd-Shrestha-1.jpg)
बरिष्ठ शिक्षासेवी सामाजिक अभियन्ता मुकुन्द प्रसाद श्रेष्ठको संयोजकत्वमा कार्यक्रम भएको हो। स्वास्थ्य शिविर कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीवाट मुटु जाँच तथा मुटुको रक्षा संवन्धमा प्रशिक्षण दिइएको थियो। त्यस कार्यक्रममा मुटु रोग भएको या नभएको भन्ने संवन्धमा ई.सि.जि.जाँच समेत गरिएको थियो।
कस्मिक इन्टरनेशनल एकेडेमीको प्रांगणमा भएको यस कार्यक्रममा सूर्यकोट मार्ग दीपनगर टोल कोटेश्वरका स्थानीय बासिन्दाहरुको विशेष सहभागिता रहेको सोही टोल निवासी प्रसिद्ध मेकअप आर्टिष्ट सुनकुमार अवालले बताएका छन्।
कार्यक्रममा सूर्यकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कस्मिक इन्टरनेशनल एकेडेमी, निखिलेश्वर महिला साकोस, दीपनगर टोल सुधार समिति, सामाजिक युवा क्लव, सेवा निवृत समाज, निखिलेश्वर महादेव मन्दिर संरक्षण समाज लगायतका संघ–संस्थाहरुको सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७४ साल असार ३ गते शनिवार ।