बेलायतवाट नेपाल फर्कने नेपालीहरुको कथामा नेपाली चलचित्र यु–टर्न चाँडै रिलिज हुने

0 minutes, 0 seconds Read

u-tern-movie-2

काठमाडौ। बेलायतमा निर्माण भएको नेपाली चलचित्र यु–टर्नको नेपालमा चाँडै रिलिज हुने भएको छ। नेपालवाट बेलायतमा गएर दुःख गरेर बसेका नेपालीहरुको कथामा आधारित चलचित्र यु–टर्नमा परदेशको पीडाको कथा रहेको छ।

विहीवार एक समारोह वीच यस चलचित्रको काठमाडौको बागबजार स्थित सिटीम्याक्स हलमा च्यारिटी–शो गरिएको थियो। चलचित्रले विभिन्न बाँध्यताले बेलायत पुगेका नेपालीहरु नेपाल बनाउन नेपाल फर्केको कथालाई अगाडि बढाएको छ।

नब्बे प्रतिशत भन्दा बढी बेलायतका रमणिय दृश्यमा छायाँकन गरिएको चलचित्र यु–टर्नलाई नेपालमा डिस्ट्रीव्युसनको जिम्मेवारी चलचित्रकर्मी सरोज शर्माले लिएका छन्।

प्रेमिज भिजन युकेको प्रस्तुति रहेको चलचित्र यु–टर्नको निर्माण तथा निर्देशन प्रेम लामाले गरेका छन्। प्रेम लामा आफै यस चलचित्रको लिडिङ्ग रोलमा रहेका छन्। लामाको अपोजितमा इतिशा नेम्वाङ्ग लगायतका बेलायतमा नै बसोबास गर्ने कलाकारहरुको अभिनय रहेको छ।

u-tern-movie-1प्रकाशन मिति–२०७३ साल कात्तिक १३ गते शनिवार ।

Similar Posts