chhakka-panja-team-1

काठमाडौ। गत भदौ २४ गते अलनेपाल रिलिज भएको चलचित्र छक्का–पञ्जाले शनिवार कुकुर तिहारको दिन ऐतिहासिक गौरबमय ५१ दिनको रेकर्ड राख्न सफल भएको छ। ५१ दिनको सफलतापूर्वक प्रदर्शनको रेकर्डको अवसरमा चलचित्र छक्का–पञ्जा टीमले शनिवार विहानै पशुपतिनाथ मन्दिर परिसरमा एक घण्टा लगाएर पूजाआजा गरेका थिए।

chhakka-panja-team-3पशुपतिमा पूजाआजा सकिएपछि छक्का–पञ्जाको टीम व्याण्ड बाजासहित गौरबमय र्यालीमा निक्लेका थिए। जसमा अधिकाँश छक्का–पञ्जाका कलाकार तथा प्राविधिकहरु सम्मिलित थिए।

पशुपतिवाट चलचित्र छक्का–पञ्जाकी निर्देशक दीपाश्री निरौला विवाहको दुबोमाला लगाएर र्यालीको नेतृत्व गर्दै सडकमा देखिएपछि धेरैजना दीपाश्री निरौलाको विवाह पो हो कि भनेर झुक्किएका थिए। साथमा छक्का–पञ्जाका नायक दीपकराज गिरी पनि देखिएपछि दुवैवीच विवाह भएको हो कि भनेर शंका–उपशंका गर्नेहरुले पछि चलचित्र छक्का–पञ्जाको ५१ दिनको उत्सव र्याली भएको थाहा पाएपछि दंगिएका थिए।

chhakka-panja-team-2पशुपतिवाट छक्का–पञ्जाको ५१ दिने उत्सव र्याली टीम ५१ दिन मनाउने काठमाडौका सवै हलहरुमा पैदलै पुगेको थियो। पैदलै पुगेर छक्का–पञ्जा टीमले संवन्धित हल तथा हल मालिक र वितरकलाई धन्यवाद ज्ञापन गरे ।
प्रकाशन मिति–२०७३ साल कात्तिक १३ गते शनिवार ।