बेलायत सरकारवाट बेलायतीलाई नेपाल भ्रमण सन्दर्भमा जारी गरेको चेतावनी खारेज

0 minutes, 0 seconds Read

UK Flage

काठमाडौ। नेपालमा बेलायतका राजकुमार ह्यारीको चैत्र ६ गतेवाट हुन गैरहेको पाँच दिनको भ्रमणको पूर्वसन्ध्यामा बेलायतको विदेश मन्त्रालयले बेलायती नागरिकका लागि नेपाल भ्रमण संवन्धमा जारी गरेको चेतावनी खारेज गरेको छ।

गत बैशाख १२ र २९ गतेको विनाशकारी महाभूकम्प तथा भारतको नाकावन्दी लगायत जस्ता कारण देखाएर नेपाल भ्रमण नगर्न बेलायत सरकारले बेलायती नागरिकहरुलाई चेतावनी जारी गरेको थियो। हाल आएर ती सवैकुरामा सामान्यता आइसकेकोले बेलायत सरकारले बेलायती नागरिकहरुलाई लगाउदै आएको चेतावनी शुक्रबार खारेज गरेको बेलायतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।

यद्यपि, बेलायती विदेश मन्त्रालयले बेलायतीहरुलाई मनासलु पदयात्रा र लाङ्गटाङ्ग राष्ट्रिय निकुन्जको भ्रमणमा जाँदा अझैपनि सावधान रहन आग्रह गरेको छ।

UK forign Ministry officeप्रकाशन मिति–२०७२ साल फागुन २८ गते शुक्रबार ।

Similar Posts