apangaकाठमाडौ। नेपालका महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले काठमाडौको भृकृटी मण्डपस्थित समाज कल्याण परिषद अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषमा हस्तक्षेप गरेर कोषको कामकाजमा बाधा पुरयाएको कोषका पदाधिकारीहरुले बताएका छन्।

विहीवार आयोजित पत्रकार सम्मेलनमा कोषका पदाधिकारीहरुले मन्त्री मैनालीको ठाडो हस्तक्षेपले कोषको सवैखाले सेवा अवरुद्ध हुनुको साथै कोषका सवै खाताहरु रोक्का गरिएकोले नेपालभर रहेका ३० लाख अपाङ्गता भएका व्यक्तिहरु प्रभावित बनेको कोषका सभापति नितेशकुमार गुप्ताले बताएका छन्।

CP Mainali

 

भृकुटीमण्डपमा रहेको कोषको कार्यालयले अपांगता भएका व्यक्तिलाई व्हिलचेयर, ट्रईसाईकल, बैसाखी, कृत्रिम अंगहरु निः शुल्क रुपमा उपलब्ध गराउनुका साथै फिजियोथेरापी सेवा समेत प्रदान गर्दै आएकोमा अहिले सबै काम रोकिएको गुप्ताद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

प्रकाशन मिति–२०७२ साल फागुन २८ गते शुक्रवार ।