काठमाडौ। हाल अष्ट्रियामा जारी रहेको मिस अर्थ नामक विश्वसुन्दरी प्रतियोगितामा भारतीय प्रतिस्पर्धी भारतीय सुन्दरी आइताल खोस्लाले समेत नेपालको भूभागलाई भारतको सुन्दरता भनेर आफ्नो परिचयात्मक भिडियोमा छलछाम गर्न कोशिश गरेकी छन्।
नेपालको स्वाधिन भूमिलाई भारतमा देखाएर यी भारतीय सुन्दरीले विश्वसुन्दरीहरु माझ भारतीय नाकाबन्दीको दादागिरी देखाउने प्रयास गरेकी छन्। उनको परिचयात्मक क्लिप्समा नेपालका हिमाल, पहाड र नदीनालाका सुन्दर दृश्यलाइ देखाउंदै भारतको अनुपम यी प्राकृतिक दृश्यवाट जो कोही पनि चकित पर्ने गरेको बताएकी छन्।
दुई मिनेट १४ सेकेण्डको क्लिप्समा काठमाडौको एक व्यस्त सडकको दृश्य पनि देखाइएको छ। जहाँ नेपाली नंवरका प्लेटका गाडी, नेपाली साइनवोर्ड र नेपाली ट्राफिक प्रहरी देखिएका छन्। भारतीय सुन्दरीले मिस अर्थ जित्न नेपाललाई भारतको कुनै प्रान्त जस्तो देखाएर भारतको सुन्दरता भनेर भन्नु सरासर नेपालको अस्मितामाथि गरिएको अर्को ठूलो प्रहार मानिएको छ।
प्रकाशन मिति–२०७२ साल मंसिर ११ गते शुक्रबार ।