Maha Ko Ma 2

काठमाडौ। नेपालका कमेडी किङ मदनकृष्ण श्रेष्ठको जिन्दगीको त्यो आरोह तथा अवरोहको तहल्कापूर्ण पुस्तकको डिमाण्ड दिनानुदिन भैरहेको छ। यसैक्रममा काठमाडौको न्यूरोडस्थित विशालवजारमा आयोजित कार्यक्रममा केही घण्टामा नै मदनकृष्ण श्रेष्ठको महको म नामक पुस्तक २ सय प्रति भन्दा बढी विक्री हुन सफलता प्राप्त भएको छ।

Maha Ko Ma 1काठमाडौमा रहेका लायन्स क्लव अफ काठमाडौमा आवद्ध १६ वटा लायन्स क्लवहरुको सक्रियता तथा सहभागितामा भएको महको म पुस्तक हस्ताक्षर कार्यक्रममा उक्त विक्रीको रेकर्ड कायम हुन पुगेको हो।

Maha Ko Ma 4कार्यक्रममा कमेडी किङ मदनकृष्ण श्रेष्ठको सक्रिय सहभागिता रहेको थियो। कमेडी किङ श्रेष्ठले महको म किन्ने सवैलाई हस्ताक्षर मायाको चिनोको रुपमा प्रदान गरेका थिए।

दशकौ देखि नेपाल र नेपालीको सामाजिक सेवामा सक्रियता जनाउंदै आएको लायन्स क्लबहरुले गरेको यसप्रकारको नयाँ आयामवाट कमेडी किङ मदनकृष्ण श्रेष्ठ पनि अत्यन्त प्रभावित बनेका थिए।

Maha Ko Ma 3

श्रेष्ठवाट आयोजक लायन्स क्लबहरुलाई धन्यवाद व्यक्त गरेका थिए। 

Maha Ko Ma 5प्रकाशन मिति–२०७४ साल कात्तिक १ गते बुधवार ।