काठमाडौं। काठमाडौंको चिनारी र शान अनि गौरबको रुपमा रहेको महाभूकम्पमा ध्वंस्त बनेको धरहराको पूर्नरनिर्माण पश्चात उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आयोजित कार्यक्रममा नवनिर्मित धरहराको उदघाटन गरेका छन्।

उदघाटन पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा चढ्दा फ्रान्सको आइफेल टावर चढेजस्तै अनुभव भएको बताएका छन् । धरहरा उद्घाटन समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भएको र २० औं तलामा त्यहाँकै जस्तो हावा आएको गजबको अनुभव भएको समेत सुनाए।

विसं.२०७२ साल वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक÷एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन्। धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाएका छन्।


प्रकाशन मिति–२०७८ साल बैशाख ११ गते शनिवार ।