काठमाडौं। बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोको महत्व वर्तमान अवस्थामा अझ बृद्धि भएको छ। गुर्जो सेवनवाट रोग प्रतिरोधात्मक क्षमताको विकास हुनुको अलावा रुघा, खोकी, प्रेसर तथा सुगर लगायतका रोगका लागि अति उपयोगी मानिएको छ।

कोरोना कहरको वर्तमान समयमा यसको महत्व र आवश्यकतालाई मध्यनजर गरेर धार्मिक तथा सामाजिक अभियन्ता एवम् मानवअधिकारकर्मी नारायण लिंखा देवानले ललितपुरको धापाखेल स्थित मानव सेवा आश्रममा निःशुल्क गुर्जो वितरण गरेका छन्।

नामी साप्ताहिकका ललितपुर जिल्ला सम्पादक समेत रहेका देवानले गुर्जो सेवनको आवश्यकता र यसको उपयोगिताको वारेमा प्रकाश पारेर मानव सेवा आश्रममा आश्रित बृद्ध–बृद्धाहरुका लागि निःशुल्क गुर्जो वितरण गरेका हुन।

लाहान कर कार्यालयका कार्यालय प्रमुख कमलवहादुर राजलवटको सौजन्यवाट प्राप्त भएको गुर्जोलाई आफूले मानव सेवा आश्रममा पुगेर निःशुल्क वितरण गरेको जानकारी मानवअधिकारकर्मी देवानले भिजन संसार डटकमलाई वताएका छन्।

मानव सेवा आश्रमका केन्द्रिय उपाध्यक्ष तथा केन्द्रिय कानूनविद धर्मप्रसाद पौडेलले यसप्रकारको धार्मिक अभियन्ता मानवअधिकारकर्मी देवानको मानवहित कार्यको दिल खोलेर प्रशंशा गरेका थिए।
प्रकाशन मिति–२०७७ साल असोज २६ गते सोमवार ।