मिस नेपालमा ट्याटु खोपेका युवती अयोग्य हुने

0 minutes, 0 seconds Read

Tatoo 2काठमाडौ। मिस नेपाल बन्न चाहने युवतीहरुको शरीरमा ट्याटु खोपेको नहुने खुलासा भएको छ। ट्याटु खोपेका कुनै युवती मिस नेपालमा सहभागी भएमा स्वतः आउट हुने मिस नेपालको आधिकारिक आयोजक हिडन ट्रेजरले जनाएको छ।

मंगलवारवाट मिस नेपाल २०१६ को लागि गरिएको आवेदनमा आयोजक हिडन ट्रेजरले अन्तरराष्ट्रिय मान्यता अनुसार ट्याटु खोपेका युवतीहरु मिस नेपालको लागि अयोग्य हुने स्पष्ट पारेको छ। त्यस्ता युवतीहरुले मिस नेपालमा आवेदन नगर्न पनि भनिएको छ।

Tatoo 1

१९ बर्षदेखि २४ बर्ष उमेर समूहका युवतीहरुले मात्र भाग लिन पाउने स्पष्ट उल्लेख गरिएको मिस नेपालमा सहभागी बन्न विवाह नगरेका अविवाहिता हुनुपन, प्लस टु उत्तिर्ण र ५ फिट ४ इन्च उचाई हुनुपर्ने तोकिएको छ।

मिस नेपालमा छानिएका मिस नेपाल सुन्दरीहरु मिस वल्र्ड, मिस अर्थ र मिस युनिभर्समा भाग लिन जानुपर्ने कुरालाई मध्यनजर गरेर यसप्रकारका शर्त तथा बन्देज राखिएको आयोजक हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले भनेका छन्।

प्रकाशन मिति–२०७२ साल माघ ६ गते बुधवार ।

Similar Posts