![Past King of Nepal Gyanendra Shah in Naxal Bhagwati Temple.](http://www.visionsansar.com/wp-content/uploads/2016/10/Gyanendra-in-Nakshal-Bhagwati-Temple.jpg)
काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको आठौ दिन अर्थात महाअष्टमीका दिन आइतवार काठमाडौका विभिन्न शक्तिपीठ पुगेका छन्।
नाति हृदयेन्द्र शाहलाई लिएर शक्तिपीठको दर्शनमा पुगेका ज्ञानेन्द्र शाह जहाँ–जहाँ पुगेतापनि उनको जय–जयकार गर्नेको कुनै कमी देखिएन।
ज्ञानेन्द्र शाहले काठमाडौको नक्साल स्थित नक्साल भगवती र मैतीदेवी स्थित मैतीदेवी मन्दिर पुगेर शक्तिकी देवी महाभगवतीको दर्शन गरेका थिए।
प्रकाशन मिति–२०७३ साल असोज २३ गते आइतवार