विनाशकारी भूकम्प गएको बैशाख १२ गते सार्वजनिक विदा नदिने

0 minutes, 0 seconds Read

Home Ministry of Nepalकाठमाडौ। विनाशकारी भूकम्प गएको बैशाख १२ गतेका दिन नेपाल सरकारले विदा नदिने भएको छ।

विदाका बारेमा सर्वसाधारणमा व्यापक होहल्ला भएको र कतिपय स्कुल तथा क्याम्पसहरुले विदा समेत दिइसकेको अवस्थामा नेपाल सरकारले विदाका संवन्धमा कुनैपनि निर्णय नगरेको भनेको छ।

गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेकुले विदाका बारेमा नेपाल सरकारले कुनै निर्णय नगरेको र विदा नभएको स्पष्ट पारेका छन्। सचिव मलेकुले बैशाख १२ गते आइतवार नेपालमा सार्वजनिक विदाका संवन्धमा आएको सवै कुरा केवल हल्ला मात्र भएको पनि भनेका छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख १० गते शुक्रबार ।

Similar Posts