• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Religious

सुदूरपश्चिम र मध्यपश्चिमबासीको गौरा पर्वमा देउडा गीतको रौनकता

सुदूरपश्चिम र मध्यपश्चिमबासीको गौरा पर्वमा देउडा गीतको रौनकता
0
VIEWS

Gaura Parba ko Deuda 3काठमाडौ। भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर आज सुदूरपश्चिम र मध्यपश्चिमबासीले मनाएका छन्। गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको हो। गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ।

यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ। देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ। यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने भनाइ पनि रही आएको छ।

गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । यो पर्वमा केराउ, जौ, मस्याङ, मास र गुराँसको दाना भाद्र शुक्ल पञ्चमीका दिन भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ। यसरी दुई तीनदिन पूजा गरिसकेपछि मंगल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ।

Gaura Parba ko Deuda 2

जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने धार्मिक परम्परा पनि रहेको छ । देवी बिसर्जन गरेपछि मागल अर्थात् मांगलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन्। कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन।

सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ।

दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दरसन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ । भाद्र शुक्ल अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको छ। अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ।

यसवर्ष अष्टमीमा अनुराधा नक्षत्र परेको र ज्येष्ठाले नभेटेकाले दुवोका पूजा गर्नुहुने समितिले जनाएको छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्यसिद्धि हुने धर्म ग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ । यो दिनमा सुदूरपश्चिमबासीहरु देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमबासी मनोरञ्जन गरेका छन्। यस पर्वको उपलक्ष्यमा सरकारले आज राष्ट्रिय बिदा दिएको छ।

Gaura Parba ko Deuda 1प्रकाशन मिति–२०७४ साल भाद्र १३ गते मंगलवार ।

Tags: सुदूरपश्चिम र मध्यपश्चिमबासीको गौरा पर्वमा देउडा गीतको रौनकता
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59715
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
कहीकतै नभएको अनौठो कार्यक्रम

कहीकतै नभएको अनौठो कार्यक्रम

5 June 2023
सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

सर्जक व सिर्जनामा असन बजारका प्रसिद्ध पेडा साहु

5 June 2023
ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

ANTIM SANSKAR (The Last Ritual) – Nepali Movie Official Trailer || Vijay Lama, Deeya, Trichu, Avon

31 May 2023
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.