ललितपुर । अपाङ्गता भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा प्रतिस्पर्धा २०२० आयोजना हुने भएको छ। ललितपुरको इमाडोल रातामकैचोक स्थित आँगन पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलन मार्फत पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने जनाएको हो। दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमिको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने पनि भनिएको छ।

साइकल यात्री चित्र पौडेलको सभापति र डा.समीर मणी दिक्क्षितको प्रमुख अतिथि,राष्ट्रिय अपाङ्ग पत्रकार संघका केन्द्रीय अध्यक्ष रबिन प्रसाद थपलिया, अग्रज हांस्य कलाकार किरण केसी रातामकै,सुरेन्द्र केसी मुलासाग, गायक देवेन्द्रमान सिंह, बिश्व साइकल यात्री पुष्कर शाह, पूर्व राज्मन्त्री बिराज बिष्ट,ज्योति केसी,गणेश राई लगायतको अतिथिहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन पत्रकार मिलन लामावाट भएको थियो।

अवार्डमा सहभागिता जनाउनको लागि मुलुकका सातैवटा प्रदेशका मुख्य शहरहरु बिर्तामोड,ईटहरी,जनकपुर,चितवन,पोखरा, बुटवल नेपालगंज,धनगडीबाट अपाङ्ता भएका विभिन्न विद्याका क्षमतावान प्रतिभाहरु छनौट गरी फाइनल अवार्डको आयोजना काठमाडौंमा गरिनेछ।

अवार्डमा सहभागिता जनाउनेले नृत्य,गायन,चित्रकला,हस्तकला,आविस्कार,तथा संगीतिक कला प्रस्तुत गर्न सकिनेछ,जसलाई उत्कृष्ट प्रतिस्पर्धाका आधारमा विजेता घोषणा गराइने भनिएको छ । विजेताले एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने छन्।

अवार्ड कार्यक्रम संयोजक र व्यवस्थापन साइकल यात्री चित्र पौडेल र रश्मि शाक्यले गरेका छन् । व्यवस्थापन युनिक भिजन डन्टरटेनमेन्ट र लायन्स क्लब अफ काठमाडौ र राईजिङग गोल्डडेन डिमले गर्ने भएका छन।आयोजक समितिमा टिका थापा मगर,अनिता पौडेल,सुजता देवन रहेका छन।

प्रकाशन मिति–२०७७ साल साउन २१ गते बुधवार ।