Californiya Forest USAकाठमाडौ। अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण डँढेलो लागेको छ। यस डँढेलोवाट दश जनाको मृत्यु भएको छ । डँढेलोसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले भनेका छन्।

वाइन बनाउन प्रयोग गरिएको क्षेत्रको छेउमा रहेको जंगलमा आगलागीपछी कयन मानिस सम्पर्कविहीन भएका छन् । डँढेलो फैलिएपछी जंगल आसपासको क्षेक नापा, सोनोमा र युवाका २० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

डँढेलोबाट थुप्रैं घर जलेर ध्वस्त भएका छन् । घरमा फसेका थुप्रैलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि सयौंको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ भने हेलिकप्टर र दमकलले पानी हालिरहेका छन् । (समाचारएजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असोज २४ गते मंगलवार ।