काठमाडौ। अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा मंगलबार राति सार्वजनिक भएको छ। अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार मंगलबार रातिदेखि २०१७ का लागि इडिभी भरेकाहरु मध्ये भाग्यमानीहरुको नाममा अर्थात तपाईको नाम परेको छ वा छैन इडिभी सार्वजनिक गरिएको नतिजा हेर्न सक्नु हुनेछ। यसअघि ड्राइभर्सिटी २०१७ का लागि गत वर्षको १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो। यस वर्षको नतिजामा धेरै नेपालीलाई डिभी परेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

DV Result

यसरी हेर्नुस् नतिजाः

काठमाडौंस्थित अमेरिकी दूतावासले  डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने स्पष्ट पारेको छ । नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) केन्द्रको फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिनेछ । अमेरिकामा रहनेहरुले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्ने दूतावासले जनाएको छ । निवेदकहरुले support-nepal@ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्ने छन् ।

दूतावासले डिभी विजेतालाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने भएकाले त्यस्ता इमेलको विश्वासमा नपर्न सचेत गराएको छ । साथै भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउन भन्दै कुनैपनि व्यहोराको ईमेल, चिठ्ठी या अन्य अनुरोध नपठाउने पनि प्रष्ट पारेको छ ।

को–कोलाई पर्यो डिभी ? (हेर्नुस् तलको लिंकमा) https://www.dvlottery.state.gov

प्रकाशन मिति–२०७३ साल बैशाख २१ गते मंगलवार ।