काठमाडौं। अमेरिकाकी प्रसिद्ध मोडल एली रेको प्रशंशकले एउटा दाँतको मूल्य २४ लाख तोकेका छन्। एली रेको उनको प्रशंशकले एक दाँतको मूल्य २४ लाख तोकेका हुन।

बेलायती पत्रिका ‘डेली स्टार’का अनुसार ती प्रशंसकलाई एलीको दाँत निकै मन परेको थियो। दाँतका लागि ती व्यक्ति एलीलाई मोटो रकम तिर्न समेत राजी भए र उनले दाँत किन्ने जिद्धि गरे ।

उनले एलीको एउटा दाँतको मुल्य २४ लाख तोके । त्यतिमात्रै नभई दाँत झिक्नका लागि र अर्को नयाँ दाँत बनाउन पनि ती व्यक्ति सबै खर्च समेत व्यहोर्न राजी भए। आफ्नो प्रशंसकको यो कुरा सुनेपछि एली स्तब्ध भइन र उनले यो प्रस्ताबलाई तुरुन्तै अस्वीकार गरिन् । तर पनि ती प्रशंसको अगाडि भने उनले हाँसेरै कुरा टारेकी छन्।
प्रकाशन मिति–२०७८ साल फागुन १० गते मंगलवार ।