काठमाडौं। उदीयमान जनजागृति क्लब, मालारानी गाउँपालिका अर्घाखाँचीद्वारा काठमाडौंमा विशेष रक्तदान कार्यक्रम भएको छ। प्रतिनिधि सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा आइतवार काठमाडौंको बबरमहलमा बिशेष रक्तदान कार्यक्रम संपन्न भएको हो।

विशेष रक्तदान कार्यक्रममा बिशेष अतिथिको रूपमा आमन्त्रित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई प्रमुख अतिथिद्वारा अर्घाखाँचीको तर्फबाट कदर–पत्र प्रदान गरेर सार्वजनिक रूपमा बिशेष सम्मान पनि गरिएको थियो।

 

क्लबका अध्यक्ष बिष्णुबहादुर चौहानद्वारा खादा ओढाएर सम्मान रेकर्डेट रक्तदता कर्माचार्यलाई जाहेर गरेको थियोे। क्लबको सचिवालय सदस्य टंक चौहानद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष बिष्णु बहादुर चौहानले गरेका थिए। विशेष रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका थिए।
प्रकाशन मिति–२०७६ साल फागुन ४ गते आइतवार ।