काठमाडौं। आँखामा अतित र वर्तमानमा वास्तविकता । यो दुईको तालमेल मिलेमा त्यो अतित र वर्तमानले मेल खान्छ। काठमाडौं महानगरपालिका वडा नंबर १३ र १४ को सिमानामा रहेको कालिमाटी रविभवनमा रहेको आमाघरमा प्रतिष्ठित शिक्षाविद कृष्णकुमार श्रेष्ठको जीवनमा पनि त्यस्तै मेल खाएको प्रतित भएको छ।

सोमवार जीवन संगीनी सानुमैंया श्रेष्ठ नहुनुको चौधौं बर्षको पुण्यतिथिमा ६५ नाँघेका बृद्धाआमाहरुलाई विहानी भोजन गराउंदा कतै जीवन संगीनी सानुमैंया बसेर खुशी व्यक्त गरिरहेको त्यो अनुभव शायद कृष्णकुमारले गरेको हुनुपर्दछ।

यस्तै असिम आनन्द आफ्नाहरुवाट सडकमा छाडिएका ती आमाहरुलाई आमाघरमा आश्रय दिएर ओइलाएको मनलाई फुलाउने कार्यमा लाग्दैगरेकी सवैकी आमा अनि हजुरआमाहरुको पनि आमा दिलशोभा आमालाई ती आमाहरुले आमा भनेर थपी थपी खाना खाएको त्यो क्षण र पलवाट कृष्णकुमारका छोरा सुधिर र छोरी साधवी अनि ज्वाइँ ताराप्रसाद कसजुका आँखाहरुमा पनि खुशीका लहर छाएको पाएको त्यो पललाई शव्दमा बर्णन गर्न कठिन छ।

प्रकाशन मिति–२०७८ साल कात्तिक २९ गते सोमवार ।