nac-airbus-sagarmathaकाठमाडौ। युएईबाट यात्रु लिएर काठमाडौं आएको नेपाल वायु सेवा निगमको एयरबस ३२०, नाइन एन एकेडब्लु कलसाइन सगरमाथा नामको विमान आइतबार अवतरणपछि ग्राउन्डेड भएको छ।

युएईबाट यात्रु बोकेर अाइरहेका बेला आकासमै प्राविधिक समस्या देखिएको थियो। सो विमानलाई पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएका थिए। चेक जाँच र मर्मत सकिएमा सोमबारदेखि उडान सञ्चालन गर्नेछ।

संयुक्त अरब इमिरेट्सबाट आएको उक्त विमानमा प्राविधिक समस्या देखिएपछि पाइलटले सुरक्षित अवतरण गराएका थिए। निगमसँग अन्तरार्ष्ट्रिय उडानका लागि दुईवटा एयरबस र एउटा बोइङ विमान छन्।
प्रकाशन मिति–२०७३ साल असोज ९ गते आइतवार ।