काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाले आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्न सघाउने भएको छ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्न महानगरले सघाउने खुलासा गरेको हो।

उपमेयर डंगोलले स्थानीय आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताएकी छन्। शनिवार काठमाडौंको स्वयम्भुमा आयोजित कार्यक्रममा भूमि एमडिआर इन्डस्ट्रिजले आयोजना गरेको यचु हेयर आयल प्रडक्ट लन्च कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन।
कार्यक्रममा डंगोलले आधुनिकताको नाममा आदिवासी अभ्यासलाई बिर्सिँदा अरुको भरपर्नु परेको विचार समेत राखेकी छन्।

कार्यक्रममा उपमेयर डंगोलले भूमि एमडिआर इन्डस्ट्रिजले उत्पादन गरेको यचु हेयर आयल बजारिकरण भएको औपचारिक घोषणा समेत गरेकी थिइन् । कार्यक्रममा कपालमा लगाउने तीन थरी तेलको घोषणा गरिएको थियो। नयाँ कपाल उमार्ने, कपालझर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने तेलको घोषणा भएको थियो। कपाललाई प्राकृतिक रुपमा कालो बनाउने तेल पनि योजनमा रहेको भएपनि यसको केही परिक्षण बाँकी भएको र यसलाई पनि चाँडै नै बजारमा ल्याउने भूमिका प्रवन्धनिर्देशक उज्वल मानन्धरले बताएका छन्।

३३ थरीका विभिन्न प्राकृतिक जडिबुटी लगायतका वस्तुहरुको समिश्रणबाट यी तेल बनाएको कम्पनीको भनाइ छ । तीनवर्षको अनुसन्धान र परिक्षणपछि यचु हेयर आयल बनाउन सफल भएको प्रवन्धनिर्देशक मानन्धरले भनेका छन्। सोही कार्यक्रममा यचु हेयर आयललाई लिएर भएको टिकटक प्रतियोगीतका विजयी प्रतियोगी ३ जनालाई जनही १०/१० हजार र एक मेगाविजेतालाई एक लाख नगद पुरस्कार पनि प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७९ साल साउन ८ गते आइतवार ।
..