काठमाडौं। आइतवार नेपालको बारा तथा पर्सामा आएको विनाशकारी हावा–हुरीका कारण विपतमा परेकाहरुका लागि इजरायलवाट पनि सहयोग भएको छ। इजरायलमा रहेकी सामाजिक अभियन्ता इलित्रा क्षेत्रीको संयोजकत्वमा त्यहाँ उठेको रकम ७२ हजार ५ सयको सहयोग सामाग्री हस्तान्तरण कार्य भएको छ।

इजरायलवाट इलित्रा क्षेत्रीले सहयोग संकलन गरेर नेपाल पठाइएको उक्त रकमवाट नेपालमा सुनसरी इटहरी स्थित पाथिभरा आमा सेवा संस्थाले बाराको कलैया वडा नंबर ७ पुगेर त्यहाँ हावा–हुरीवाट विपतमा परेकाहरुलाई सहयोग बाँड्ने कार्य भएको हो।

सारी, महिलाका लागि आवश्यक स्यानिटरी प्याड, झुल लगायतका सहयोग सामाग्री वितरण गरिएको आयोजक पाथिभरा आमा सेवा संस्था इटहरी, सुनसरीले जनाएको छ। सहयोग सामाग्री वितरण गर्ने कार्यमा बारा कलैया वडा नंबर ७ का अध्यक्ष रामजनम यादव तथा एकिकृत महिला संजालको पनि सहयोग रहेको थियो।

इजरायलवाट इलित्रा क्षेत्रीले व्यक्तिगत रुपमा ४० हजार र वाँकी रकम समारिका राई, राधिका थकाली, चन्दा क्षेत्री, निजिता भुजेल, कविता सुव्वा, देव खड्का, राज गुरुङ, रुपा राई लगायतले सहयोग गरेका हुन्।
प्रकाशन मिति–२०७५ साल चैत्र २१ गते विहीवार ।