काठमाडौ। विदेशी टेलिभिजन च्यानलका समाचारबाचिकाहरु समाचारको साथमा दर्शकलाई अझ आकर्षित बनाउन अनेकन हर्कत गर्ने गर्छन्। कोही समाचार बाचन गर्दा–गर्दै क्रमिक रुपमा नग्न बनेर समाचार बाचन गर्नेहरु पनि पाइएको छ। कोही भने समाचार बाचन गर्ने क्रममा तल्लो भित्री बस्त्र पेन्टी नै देखाएर समाचार बाचन गर्न पछि नपर्ने देखिएका छन्।

italian-television-news-readerअन्तरराष्ट्रिय समाचार एजेन्सीका अनुसार इटालीको एक टेलिभिजन समाचारबाचिकाले समाचार बाचन गरिरहेकै बेलामा पेन्टी देखाएकी छन्। जानाजानी पेन्टी नदेखाएको भएतापनि टेलिभिजनको क्यामेराले फोकस गरेर खिच्दा उनको पेन्टी देखिएको हो। त्यसरी पेन्टी देखिएपछि हंगामा नै भएको छ।

जसले गर्दा उनी रातारात चर्चामा आएकी छन्। इटालियन टेलिभिजन च्यानल टीजी फाइभमा रात्रीकालीन समाचार बुलेटिन प्रस्तुत गरिरहेकी समाचार वाचिका कोस्टान्जा कालाब्रिजले भित्री वस्त्र देखाएकी हुन्। लाइभ समाचार वाचन गरिरहेको बेलामा उनी आफै समाचारको विषय बनिन्, जुन उनी र उनको करियरका लागि अत्यन्तै लज्जास्पद विषय हो।

लाइभ समाचार देखाउँदै गर्दा दर्शकलै उनको भित्री वस्त्र नै लाइभ देखे । उनले छोटो स्कर्ट लगाएकी थिइन्। गोडा फट्याउँदा उनको पेन्टी देखिएको हो । डेस्कमुनि गोडा रहेका कारण दर्शकले आफ्नो कम्मरमुनिका दृश्य देख्दैनन् भन्ने उनको सोचाइ थियो। तर, गोडा फट्याउँदा उनले उक्त डेस्क सिसाको पारदर्शी डेस्क हो भन्ने ख्याल गरिनन्।

३८ वर्षीया यी सुन्दरीले समाचार वाचन गर्दा सुरुमा उनको अनुहारमा क्यामरा जुम गरिएको थियो । तर विस्तारै क्यामरा जुम आउट हुँदै पूरै समाचार डेस्क देखायो। त्यसक्रममा गोडा फट्याएर बसेकी उनको स्कर्टले छोप्न नसकेको भित्री वस्त्र छ्यांगै देखियो।

https://www.youtube.com/watch?v=j2Ph79Ur3BY

प्रकाशन मिति–२०७३ साल पुस १९ गते मंगलवार ।