काठमाडौं। तराई क्षेत्रको महान पर्व छठ आज विहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि संपन्न भएको छ।

चारदिने छठ पर्व आज विहान उदाउंदै गरेको सूर्यलाई अर्घ दिएपछि सकिएको हो। हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन्।

यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास यो बर्षको लागि समापन भएको छ।
प्रकाशन मिति–२०७८ साल कात्तिक २५ गते विहीवार ।