काठमाडौं। पढाईको लागि कुनै उमेरले छेक्दैन भन्ने कुरा काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वरकी
७९ बर्षकी रत्नकुमारी सुनुवारले चरितार्थ पारेकी छन्। कोटेश्वर दीपनगर तार्केश्वर मार्गकी ७९ बर्षिया सुनुवारले कक्षा १२ को बोर्ड परीक्षा पास गरेर टोल, छिमेक तथा समाजमा उदाहरणीय बनेकी हुन्।

चाहेमा र गरेमा नहुने भन्ने कुरा नै नभएको बताउने सुनुवारले केही दिनअघि प्रकाशित २०७९ को कक्षा १२ को बोर्ड परीक्षामा जी.पी.ए.२.६४ ल्याएर उतिर्ण गरेकी हुन्। टोल–छिमेककी ७९ बर्षकी  सुनुवारले अथक प्रयास अनि मेहनतवाट कक्षा १२ पास गरेको खुशीयालीमा दीपनगर निवृत समाजका अध्यक्ष एवम् शिक्षासेवी मुकुन्दप्रसाद श्रेष्ठ, उपाध्यक्ष पुष्पलाल धिताल, सचिव शिवराम थापा लगायतका टोली सुनुवार निवासमा नै पुगेर सम्मान प्रदान गरेको छ।

सम्मान कार्यक्रममा ७९ बर्षिया सुनुवारले सम्मानवाट आफूलाई अझ उत्साह मिलेको बताएकी छन्। शिक्षासेवी मुकुन्दप्रसाद श्रेष्ठले सुनुवारको उत्साह सवैको लागि प्रेरणा भएको बताए

Mukunda Sir News 31694617543.jpg