मेरो राजा हजुर

–सरु थापा

प्रेम गर्छु तर ब्यक्त गर्न जान्दिन।
मुटुमा अथाह माया राखेर पनि
लोकाचार पार्न जान्दिन ।

हजुर राजाको मनमा के छ बुझ्छु,
तर यै कुरा रहेछ भनेर बताउन सक्दिन ।
समग्रमा हजुर राजाले खोजेजस्तो हुन जान्दिन ।

हजुर राजाको लागि माया भन्दा
सम्मान बढी छ–मेरो मनमा ।
आजिवन हजुर राजालाई सम्मान गर्न सकुँ ।
मलाई सामिप्यताको लालसा छैन ।

टाढै बाट हज्रलाई हेरेर हजुर राजाको
खुशीमा मुस्कुराउन सकुँ,
हजुर राजाको दुःखमा तप्कीन सकुँ ।।।

यो भन्दा अरु केही चाहिएको छैन मलाई ।
हजुरको खुशी र हाँसो मूल्यवान छन मेरो लागि ।


प्रकाशन मिति–२०७५ साल फागुन ४ गते शनिवार ।