काठमाडौं। काठमाडौं उपत्यकामा जारी साताव्यापी लकडाउन अर्थात निषेधाज्ञामा निकै कडाई गरेको छ। अघिल्ला दिनको तुलनामा सडकहरु सुनसान छन्। काम विशेष नभएरै पनि घर बाहिर निस्कनेहरु विहानैवाट प्रहरी निशानामा परेका छन्।

विहीबार आधा दिनमै एक हजारभन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको प्रहरीले जनाएको छ। प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरु पक्राउ परेको हुन्। निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई दुई घन्टा सडकमा उभ्याएर छाडिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले वताएका छन्।

यसक्रममा प्रहरीले सयौं दुई पांग्रे र चार पांग्रे सवारी साधनलाई पनि नियन्त्रणमा लिएर कारवाही गरेको भनिएको छ। यसैवीच ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यले काठमाडौंको प्रमुख स्थान न्यूरोड, वसन्तपुर, हनुमानढोका, मखन लगायतका स्थानमा स्थलगत पुगेर खिचेका तस्वीर यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ।

Vetran  Photojournalist Mr. Kabindra Man Shakya


प्रकाशन मिति–२०७७ साल भाद्र ४ गते विहीवार ।